पतिले दिनदिनै शंका गर्न थालेपछि पत्नीले काटी दिए १३ महिने अबोध बालिकाको घाँटी

रिता घिसिंग

पिएनपिखबर : हैदराबादमा आफ्नै आमाले १३ महिनाकी नवजात बालिकाको घाँटी काटेर वीभत्स हत्या गरिएको छ। एक महिलाले आफ्नो पतिको शंका गर्ने बानीबाट आजित भएर आफ्नै १३ महिने छोरीको घाँटी रेटी हत्या गरेका हुन्।

हैदराबादको जीदीमेटलामा एक महिलालाई उनका पति सधै उनलाई परपुरुषसंग सम्बन्ध रहेको भन्दै शंका गरिरहने र कुटपिट गर्थे । यहि शंका गर्नेबानी देखि दिक्क भएर आफ्नै १३ महिने अबोध छोरीको घाँटी काटी आफ्नै घाँटी काट्ने प्रयास गरेका छन्।

श्रीमान फैब्रिकेशन कम्पनिमा काम गर्थे भने श्रीमती गृहिणी हुन्। पतिले दिनदिनैपरपुरुषसंग लागेको भन्दै झगडा गर्न थालेपछि रिसले चुर भएर उनले यसो गरेको प्रहरीले बताए।

प्रतिक्रिया