एजेन्सी : जान्ह्वी कपुरपछि अब उनकी बहिनी खुसी कपुर पनि चाँडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् । खुसी आफैंले यो कुराको जानकारी दिएकी हुन् । जान्ह्वी र खुसी नेहा धुपियाको सेलिब्रिटी टक शो ‘बिएफएफ्स विद भोग’मा पुगे ।
त्यहाँ उनीहरुले आफ्ना नीजि जीवनबारे कुराकानी गरे । साथै खुसीले आफ्नो बलिउड डेब्यूको योजना पनि सार्वजनिक गरिन्।
खुसीले भनिन्, ‘ म चाँडै नै बलिउडमा डेब्यू गर्नेछु । पहिलो फिल्म म करण जोहरसँग गर्न चाहन्छु । तर मलाई थाहा छ कि मेरो फिल्मको हिरो मेरो बुवाले नै छान्नुहुनेछ । किनभने उहाँ मप्रति निकै प्रोटेक्टिभ हुनुहुन्छ ।’
खुसी भन्छिन्, ‘म घरकी कान्छी छोरी हुँ त्यसकारण बुवाले मेरो निकै ख्याल राख्नुहुन्छ । मेरो लागि घरमा कर्फ्यूजस्तो स्थिती हुन्छ । म कहाँ छु, कोसँग छु, कहिलेसम्म बाहिर बस्नेछुलगायतका सम्पूर्ण जानकारी बुवालाई दिनुपर्छ । एकपटक मैले बुवालाई साथीसँग भएको बताएकी थिएँ । बुवाले साथीलाई मेसेज गरेर हामी दुईजनाको फोटो माग्नुभयो ।’
खुसी भन्छिन्, ‘म कोसँग हुन्छु भन्ने कुराको बुवालाई विशेष चिन्ता हुन्छ । यदि म राम्रो मान्छेसँग छु भने बुवालाई कुनै समस्या हुँदैन । त्यसै कारण उहाँले नै फिल्मका लागि हिरो खोज्नुहुनेछ ।