पोखरा आउदा यी महिलालाई फोन गर्नुहोस, घुमाइदिन्छिन् सररर

admin

पोखरा, १३ वैशाख : पोखराकी विष्णु कुँवर विगत १० वर्ष देखि ट्याक्सी चलाउदै आएकी छन् । पोखरामा ट्याक्सी चलाउने उनिमात्र एक महिला हुन् । पुर्व खेलाडी समेत रहेकी उनले सानै देखि दाम र नाम कमाउनुपर्छ भनेर सोचिरहन्थिन । बिहे अघिसम्म उनले खेलहरु खेल्थीन् तर बिहे पछि बैंकसँग ऋण लिएर ट्याक्सी किनीन् र आफैले चलाउन थालिन् । उनले यो पेशा बाध्यताले नभई रहरले गरेको बताउछिन।

अहिले उनका २ वटा ट्याक्सी छन् । एउटा उनी आफैले चलाउछीन् भने अर्को ट्याक्सी चलाउन चालक राखेकी छन् । घर परिवारको साथ भएकै कारण आफु सफल भएको उनको अनुभव छ । उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन्। श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउँछन्। दुवैको आम्दानी सन्तोषजनक छ। रिजर्भमा उनको खोजी बढी हुने गर्छ। एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन्। यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ।

उनले पोखरा घुम्न आउने वा पोखरामा ट्याक्सी चाहिनेहरुलाई भनेकी छन्, “फोन गर्नुहोस मेरो फुर्सद हुँदा तपाईलाई पनि फुर्सद दिन्छु ।” उनले आफु धेरै व्यस्त हुने भएपनि फुर्सदको समयमा सेवा दिन तयार रहेको बताएकी छन् । उनले अन्तरवार्तमा नै फोन नम्बर दिएर यात्रुहरुलाई फोन गर्न अनुरोध गरेकी छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू