फोटो मार्फत नै बिरामीको उपचार गर्ने बनझाक्रीले गरे २०७६ सालको यस्तो भविष्यवाणी [भिडियसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। झाक्रीको उत्पत्ति यो शृष्टिसंगै माहादेवले उत्पत्ति गरेका हुन भन्ने मान्यता छ। मुलत: झाक्री तिन पाच र सात भाईको नामले कहलाउँछन। ती सुन झाक्री, लटे झाक्री, रीठ्ठे झाक्री, दुघे झाक्री, लाटो झाक्री, वन झाक्री र काठे झाक्री हुन्। यस्तो झाक्रीको विषयमा हामीले अहिले सुन्दा दन्त्य कथा जस्तो लाग्छ तर यो सत्य हो।

काठमाडौँको जोरपाटीमा बस्ने वन झाक्री दिल कुमार तामाङको चर्चा अहिले निकै चुलिएको छ। देशमा मात्र नभई विदेशमा समेत उनको चर्चा बढिरहेको छ। उनी आफ्नो झाक्री विद्याले विरामी निको पार्ने कार्य गर्छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन।

सानो हुँदा बन झाक्रीले लगेर झाक्री विद्या सिकाएर पठाएको उनको भनाई छ। वन झाक्रीको विद्या पाएको हुनाले दिल कुमार तामाङ्ग पनि वन झाक्री बने। अहिले उनी विरामीको रोग निवारण गर्नमा व्यस्त छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन। त्यस्तै, उनले अल्सर, क्यान्सर, ग्यास्ट्रिक जस्ता रोग लागेका विरामीलाई अस्पताल जान नै सल्लाह दिने गर्छन।

झाक्रीको भेष पहिरिएर ढ्यांग्रो ठटाएर विभिन्न मन्त्र जपेर उनी र उनका चेला मिलेर उपचार गर्ने गर्छन। उनले उपचारको क्रममा चामलबाट झोखाना हेर्ने, कुचोद्वारा झारफुक गर्ने, विभिन्न औषधी सुंग्न लगाउने, जनावरको सिङ्गहरु देखि पुजा सामानहरुको पनि प्रयोग गरी पुजाआजा गर्दै धामी उपचार गर्ने गर्छन। उनी अरु धामीझाक्री जस्तो जीवको बली दिनेमा विश्वास राख्दैनन। उनी यसको विल्कुलै विरुद्ध रहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू