आफ्नै घरमा मृत भेटिइन् सरिता, श्रीमान् फरार

admin

काभ्रे , १३ वैशाख : शुत्रबार बिहान ९ बजेसम्म लैनो गाई नदोहेपछि कराउन थाल्यो । किन गाई करायो भन्दै हेर्न आएका पुगेका स्थानीयले मण्डनदेउपुर-६ सिपाघाटकी सरिता दुलालको ढोका ढकढक्याउन थाले । कुनै जवाफ आएन । शंका लागेपछि स्थानीयबासीले प्रहरीलाई खबर गर्‍यो । प्रहरी सरिताको घरमा पुग्यो । २५ बषर्ीया सरिताको शव उत्तानो परेको अवस्थामा लडिरहेको थियो, शरिरभरी निलडाम थियो । सामान्य मृत्यु भनेर पत्याउने अवस्था थिएन ।

प्रहरीले सरिताका श्रीमान् सुदिप दुलालको खोजी गर्‍यो । उनी फरार भइसकेका रहेछन् । प्रहरलिे घटनाबारे जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जानकारी गरायो । गम्भिर प्रकृतीको घटना बुझेसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेवाट डीएसपी दिपक गिरीको नेतृत्वमा टोली गएर अनुसन्धान सुरु गरेको छ । स्थानीय र आफन्तहरु सरिताको हत्या भएको लख काटे । श्रीमान फरार भएकाले प्रहरीले पनि परिवारमाथि शंका गर्‍यो ।

झन बेलाबेला जेठानीसँग मृतकको खटपट हुने गरेको थाहा पाएपछि मृतकका सासु ससुरा र जेठानी जेठाजुलाई नियन्त्रणमा लियो । प्रहरीले मृतकको ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जोठाजु केशव दुलाल र जेठानु संगिता दुलाललाई नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी प्रमुख रविराज खड्काकाअनुुसार मृतकको घाँटीमा गम्भीर चोट र शरीरमा निल डाम देखिन्छ । ‘घटनाको प्रकृति हेर्दा धेरै याताना पछि हत्या भएको देखिन्छ’ उनले भने । उनी स्थानीय महादेव प्राविकी शिक्षिका समेत हुन् ।

प्रतिक्रिया