प्रदेश २ को विकासविना मुलुकको विकास सम्भव छैन : उपप्रधानमन्त्री यादव

admin

लहान, १४ वैशाख : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ समृद्ध नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को अविधेशनको शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकको विकास र समृद्धिको प्रमुख आधार क्षेत्र नै प्रदेश नं २ भएकाले यहाँको विकास नभएसम्म मुलुकको विकास र समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।



मुलुकको आमूल परिवर्तनमा यो प्रदेशले अहम भूमिका खेलेको चर्चा गर्नुहुँदै सङ्घीय समाजवादी फोरमका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले सरकारले हरेक क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम अघि बढाएको बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संबिधान प्रदत प्रदेश सरकारको अधिकार कटौती गर्ने प्रयास भएको भन्दै प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म यस क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । दुई दिनसम्म चल्ने अधिबेशनले प्रदेश २ को समिति चयन गरिने फोरमले जनाएको छ ।
-रासस

प्रतिक्रिया