विद्युत् सर्ट हुँदा काभ्रेमा १ को मृत्यु

admin

काभ्रे, १४ वैशाख : घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा काभ्रेमा १ जनाको ज्यान गएको छ । बनेपा–७ मा शुक्रबार राति घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा सुनकोसी–५, सिन्धुलीका ४० वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।

फाइल फोटो

नेपाल प्रहरीका डीएसपी दीपकुमार गिरीले बनेपा–७, धनेश्वरका रुपबहादुर आलेमगरको घरमा शुक्रबार राति ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएर लागेको करेन्टबाट तामाङको मृत्यु भएको जानकारी दिए । मृतक तामाङको शव अहिले पोस्टमार्टमका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया