रिनाको ११ वर्षीय छोरा पुन मिडियामा, यस्तो थियो पोष्टमार्टम रिपोर्ट (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मोरङको पथरी-१ स्थित कस्मेटिक पसल व्यवसायी २९ बर्षीय रिना बस्नेतको मृत्यु भएको दुई हप्ता वितिसक्दा पनि घटनाको रहस्य खुल्न सकेको छैन। उनी आफ्नै डेरा अगाडी सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिइन।

कर्न्सट हेरेर राती घर फर्किने क्रममा आमाको मोबाइलमा धेरै नै पटक फोन आइरहेको तर आमाले उक्त न उठाएको उनको १३ वर्षीय छोराले हाम्रो पहिलो अन्तर्वार्तामा बताएका थिए जसले गर्दा घटना झन् रहस्यमय बन्दै गएको हो। अहिले भने पत्रकारले नै ललाईफकाई गरेर उनलाई त्यस्तो बोल्न लगाएको बनेर केहि व्यक्तिहरुले आक्षेप लगाएका कारण उनी पुन मैले जे बोलेको हु सत्य हु भन्दै मिडियामा आएका हुन्। उनी भन्छन, ‘मैले भनेको कुरा गलत छैन। मलाई ममीको कुरा सबै थाहाँ थियो गाली गर्नुहुन्छ भन्ने डरले चुप बसे। ममीको अर्को बिबाहको कुरा मलाई थाहाँ छैन।’

रिनालाई पटक-पटक फोन गर्ने व्यक्ति कमल नेपाल हुन्। उनलाई प्रहरीले हिरासतमा लिएको छ। प्राप्त खबरअनुसार, उनले बयानमा आफ़ुले हत्या नगरेको बताएका छन्।

घटनाको शुरुवात प्रहरीले छतबाट आत्महत्या गरेको आशंका गरेको थियो। स्थानियले कुनै आत्महत्या नभएर हत्या नै हुनु पर्ने दावी गर्दै रिनालाई न्याय माग गर्दै प्रहरी कार्यालय घेराउ गर्ने देखि सडकमै विरध गरेका थिए। अहिले भने पोस्टमार्टमको रिपोर्टमा पनि छतबटा लडेर नै मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू