कन्चनलाई उद्धार गर्ने ‘१०० एस ग्रुप’का युवाहरुले आक्रोशित हुँदै पोखे सरकारप्रति यस्तो गुनासो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : छोरी जन्माएको भन्दै आफ्नै श्रीमान र सासु मिलेर मट्टितेल छर्किएर जिउँदै जलाइएकी युवतीको उपचारको क्रममा निधन भएको छ। सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डललाई बिहिबारको रात जिउँदै जलाएर मार्ने प्रयास भएको थियो।

अस्पतालले उपचार सम्भव नभएको जनाए लगत्तै उनलाई राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको थियो। कीर्तिपुर अस्पतालमा पनि उपचार हुन् नसकेपछि उपचारको लागि ‘१०० एस ग्रुप’ले सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याएको थियो। उनको शरीरको ५० प्रतिशत भाग जलेको बाच्ने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

श्रीमतीलाई जिउँदै जलाएका कन्चनका पति बेचन मण्डल भने फरार छन्। कन्चनकी सासुलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कञ्चन मण्डल र उनको श्रीमान र सासुसँग विवाहको केहि वर्षसम्म राम्रो सम्बन्ध थियो। जब उनले छोरी जन्माइन तब सम्बन्धमा खटपट आउँन थालेको कन्चनका बाबुले जनाए। यतिसम्मकी सुत्केरी हुँदा औषधि उपचारसम्म पाइनन् उनले। छोरी अहिले दुई बर्षकी भईसकेकी छिन्। विना कारण कन्चनलाई यातना पटक-पटक दिने गरेको उनको बाबुले खुलाएका थिए।

‘१०० एस ग्रुप’ले यति ठुलो हत्या काण्ड हुँदा पनि सरकार मौन रहेकोमा आपत्ति जनाएका छन्। डिएसपिलाई अनुरोध गरेर बोलाउँदा पनि नआएको भन्दै आक्रोश पोखेका छन्।

तराई क्षेत्रमा दाइजो प्रथा, छोरीछोरामा भेदभावका कारण कयौ महिला शिकार हुने गर्छन। कहिले दाइजो भनेजति नलाएको त कहिले छोरा न नजन्माएको भन्दै महिलाहरुमाथि दमन, शोषण देखि हत्या समेत् धेरै हुने गरेको छ। दिनप्रतिदिन यस्तो घट्ना समाजमा देखिरहेको हुन्छ।

यस्ता नकारात्मक प्रवृति र विकृतिको अन्त्य कहिले ? सरकारको ध्यान जानु अति नै आवश्यक छ। हेर्नुहोस, कन्चनको निधन हुनु अघि सुष्मा मेमोरियल अस्पतालमा उनलाई उद्दार गरी ल्याएका मनकारी ‘१०० एस ग्रुप’सँगको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू