यसरी लेराइएको थियो कन्चनलाई उपचारको लागि काठमाडौँ, मेरो अब कोहि छैन भन्दै भक्कानिए मृतक कन्चनका बुबा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : छोरी जन्माएको भनि आफ्नै श्रीमान र सासु मिलेर मट्टितेल छर्किएर जिउँदै जलाइएकी युवतीको उपचारको क्रममा निधन भएको छ। सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डललाई बिहिबारको रात जिउँदै जलाएर मार्ने प्रयास भएको थियो।

कन्चनका बुबाले ज्वाई, बहिनी र सम्धिनीले जिउँदै जलाएको बताएका छन्। ६ महिना देखि कन्चनलाई अनेक यातना दिँदै आईरहेको उनको आरोप छ। कन्चनकी आमा उनी ५ वर्षको छँदा भगवानकी प्यारी भईन।

४ महिनाको सानो छोरा हुँदा श्रीमतीको मृत्यु भयो मैले जेनतेन गरेर ३ बच्चा पाले अब मेरो कोहि छैन् भन्दै भक्कानिए कन्चनका बुबा। उनले अपराधीलाई फाँसी कै सजाय हुनुपर्छ भन्दै आक्रोश पाकेका छन्

श्रीमतीलाई जिउँदै जलाएका कन्चनका पति बेचन मण्डल भने फरार छन्। कन्चनकी सासुलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कञ्चन मण्डल र उनको श्रीमान र सासुसँग विवाहको केहि वर्षसम्म राम्रो सम्बन्ध थियो। जब उनले छोरी जन्माइन तब सम्बन्धमा खटपट आउँन थालेको कन्चनका बाबुले जनाए।

यतिसम्मकी सुत्केरी हुँदा औषधि उपचारसम्म पाइनन् उनले। छोरी अहिले दुई बर्षकी भईसकेकी छिन्। विना कारण कन्चनलाई यातना पटक-पटक दिने गरेको उनको बाबुले खुलाएका छन्। कन्चनको मृत्यु अघि उनको बुबासँग गरिएको कुराकानी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू