पिएनपिखबर : ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।
श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।
छिमेकीको अनुसार, घट्ना घटेपछि उनीहरु पनि टाढा-टाढा बसेको थिए। जय बहादुर वाइवाले उनीहरुको अगाडी नै खुर्पा र टाउँको ल्याएर देखाएका थिए।
जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रलाई बताएका थिए। जयबहादुर काचो इट्टा बनाएर बेच्ने काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनीहरुको २ सन्तान छन् । बाबुआमाको छत्रछायाबाट बन्जित बनेका ती अबोध र कालिला बालबच्चाको बिल्लीबाठ नै भएको छ।
हेर्नुहोस भिडियो :