कस्तो बिडम्बना ! छोरी पाएको कारण कन्चनलाई जलाए उनको श्रीमान र सासुले, बाबुले खुलाए रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : जिउँदै जलेर घाइते भएकी सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। छोरी जन्माएको भन्दै कञ्चन मण्डलको श्रीमान र सासुले मट्टितेल छर्किएर जिउँदै विहिबार जलाएका थिए।

अस्पतालले उपचार सम्भव नभएको जनाए लगत्तै उनलाई राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको थियो। कीर्तिपुर अस्पतालमा पनि उपचार हुन् नसकेपछि उपचारको लागि ‘१०० एस ग्रुप’ले सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याएको थियो। उनको शरीरको ५० प्रतिशत भाग जलेको बाच्ने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

कञ्चन मण्डलको १५ वर्षमा विवाह भएको थियो। दाइजोमा उनको बाबुले एक सरो सबै दिएका थिए। उनको श्रीमान र सासुसँग विवाहको केहि वर्षसम्म राम्रो सम्बन्ध थियो। जब उनले छोरी जन्माइन तब सम्बन्धमा खटपट आउँन थालेको कन्चनका बाबुले जनाए। यतिसम्मकी सुत्केरी हुँदा औषधि उपचारसम्म पाइनन् उनले। कन्चनको छोरीको अवस्था औषधी नगरे निकै अस्वस्थ भएकी थिइन। त्यसकारण उनका बबाले घर लगेर उपचार गरेका थिए।

विना कारण कन्चनलाई छोरी जन्माइन भनेर यातना पटक-पटक दिने गरेको उनको बाबुले खुलाए। उनले भने, ‘छोरी जन्माई छोड्दे यस्तो बुहारी भन्ने गर्थिन सासुले। छोरीले मलाई मार्न लागे भनेर फोन पनि गरेकी थिइन। ज्वाई धेरै जाड खाने गर्थे। त्यस दिन पनि उनले जाड खाएर सबै मिलेर जलाएका थिए। उनले थपे, ‘मलाई घटना घट्नु अघि छोरीले बुबा आउनु झगडा भईरहेको छ भनेर भनेकी थिइन् म भोलि मात्र आउछु भन्दै थिए फोन खोसेर उनीहरुले जलाई दिए।अपराधीलाई फाँसी कै सजाय हुनुपर्छ।’

कन्चनकी छोरी अहिले दुई बर्षकी भईसकेकी छिन्। श्रीमतीलाई जिउँदै जलाएका कन्चनका पति बेचन मण्डल भने फरार छन्। कन्चनकी सासुलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

तराई क्षेत्रमा दाइजो प्रथा, छोरीछोरामा भेदभावका कारण कयौ महिला शिकार हुने गर्छन। कहिले दाइजो भनेजति नलाएको त कहिले छोरा न नजन्माएको भन्दै महिलाहरुमाथि दमन, शोषण देखि हत्या समेत् धेरै हुने गरेको छ। दिनप्रतिदिन यस्तो घट्ना समाजमा देखिरहेको हुन्छ। यस्ता नकारात्मक प्रवृति र विकृतिको अन्त्य कहिले ? सरकारको ध्यान जानु अति नै आवश्यक छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू