फेरी सांगितिक बजारमा ”साइली” भन्दा राम्रो कथा बोकेको गीत सार्वजनिक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : उदयमान युवा गायक सविन लामाको अवाज रहेको नयाँ म्युजिक भिडियो ‘काठमाडौँ शहर’ बोलको गीत सार्वजनिक भएको छ। प्रस्तुत गीतमार्फत गीतकार राम लामा अबिनाशिले बैदेशिक रोजगारको पिडा दर्शाउन खोजेका छन्।

बाबु-आमालाई सपनाको शहर काठमाडौ शहरमा राख्ने अबिलाशाले वैदेसिक रोजगारीमा गएको छोराको संघर्षलाई चित्रण गरिएको छ। अन्तराष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टिका कोषाध्यक्ष समेत् रहेका गितकार लामा पत्रकारितामा समेत् आबद्ध छन।

उनी अमेरिकाबाट संचालित बिआरटी नेपाल अनलाइनका प्रबन्धकका निर्देशक पनि हुन। कथा, गीत, कबिता र समसामयिक लेखहरु समेटिएको गीतकार लामाको साहित्यिक सङ्ग्रह छिट्टै बजारमा आउने तयारीमा छ।

नेपाली साहित्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले गीतकार लामाले अन्तराष्ट्रिय साहित्य समाजमार्फत २५ सय अमेरिकी डलरको राम लामा साहित्य पुरस्कार समेत स्थापना गरेका छ्न। सो पुरस्कार हरेक दुई बर्षमा प्रवास रहेर नेपाली साहित्यको अभिवृद्धिमा सम्लग्न साहित्यकारलाई प्रदान गर्ने गरिन्छ। यस अघि गायक गीतकार लामाको ‘मेरो बदनाम’ नामक बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको थियो जुन धेरैले रुचाए।

युवा गायक सबिन लामाको निर्देशन रहेको यस म्युजिक भिडियोमा कलाकारहरु सुशील रेग्मी, भावना पाठक, रोजित खत्रीको जिबन्त अभिनय देख्न सकिन्छ।

उक्त गीतको छायांकन नेपालभित्र र नेपाल बाहिर कतारमा गरिएको हो भने गीतमा म्युजिक किसन गुरुङ र सबिन लामाको रहेको छ। यस नयाँ म्युजिक भिडियोलाई युट्युबमार्फत हेर्न सकिन्छ। अमेरिकाका सफल व्यवसायि तथा गीतकार लामा ‘अमेरिका-नेपाल चेम्बर अफ कमर्स’का उपाध्यक्ष समेत हुन। गीतकार लामा सामाजिक कार्यमा समेत् उत्तिकै सक्रिय छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया