म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था सरकारद्वारा खारेज

admin

काठमाडौं, बैशाख १५ : वैदेशिक रोजगारीमा जाने युवालाई म्यानपावर व्यवसायीका एजेण्टले ठगिरहेका बेला सरकारले म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था खारेज गरेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्ने क्रममा वैदेशिक रोजगार ऐनमा त्यो व्यवस्था गरेपछि म्यानपावर व्यवसायीले अब एजेण्ट राख्न नपाउने गरि यो व्यवस्था खारेज भएको हो । 

यसलाई कार्यान्वयमा ल्याउनका लागि वैदेशिक रोजगार विभागले तयारी सुरु गरेको छ । विभागले म्यानपावर व्यवसायीलाई एजेण्ट नराख्ने निर्देशनसहित पत्रचार गरिसकेको बैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले  बताउनुभयो । ऐनमा म्यानपावरले एजेण्ट राख्ने व्यवस्था खारेज भएपछि अब वैदेशिक रोजगारीमा ठगी कम हुने विभागले जनाएको छ ।

 

प्रतिक्रिया