काठमाडौं, बैशाख १५ : नेपाली काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाही गरिने भएको छ । केन्द्रीय अनुशासन समितिले छलफल गरेर देशभरीभरी निर्देशिका पठाउने छ । पार्टीीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने गरि कार्यविधी बन्दैछ ।
केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टीको नयाँ विधानअनुसार गठित अनुशासन समितिले चैत मसान्तभित्र उजुरी दिन ७७ वटै जिल्लालाई पत्राचार गरेको थियो । सबै जिल्लाबाट प्राप्त १२० उजुरी परेका छन । ती उजुरीमाथि छानबिन गर्न आजदेखि केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । बैठक लगातार बस्ने र पार्टीको विधान, चारसंहिता, आचारण विपरित गएको पाइए कारवाही गरिने केन्द्रीय अनुशासन समितिका संयोजकमा भीष्मराज आङ्दम्बेले जानकारी दिनुभयो ।
वैशाख २५ देखि जेठ २५ सम्म एक महिने जनजागरण अभियानका विषया पनि समितिमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तर्घातहरू गर्नेहरुको उजुरी पनि परेको छ । उजुरीमध्ये छानबिनपछि २५० जनालाई स्पष्टीकरण माग गरिएको र १११ जनाले स्पष्टीकरण पेस गरेका छन् ।