सम्पतिको लालचमा भतिजले गरे आफ्नै काकाको हत्या

रिता घिसिंग

पिएनपिखबर : हरियाणाको सोनीपतमा भतिजले सम्पतिको लालजमा आएर आफ्नै काकाको हत्या गरेका छन्। प्रहरीले भतिजलाई पक्राउ गरिसकेका छन्। प्रहरीले केहि दिन अघि हैदरपुर वाटर ट्रीटमेंट प्लांट नजिकै एक शव बरामद गरेका थिए। शवको गर्दनमा बिजुलीको तारले बेरेको थियो। प्रहरीले उक्त शवलाई पोस्टमार्टमको लागि अस्पताल पुर्याए। सोहि क्रममा उनको सनाखत भयो। उनि सोनीपतका सुन्दर रहेको खुलासा भयो। प्रहरीले छानबिन गर्दै जाने क्रममा मृतकको भतिज संजयको यस घटनामा संलग्न रहेको तथ्य फेला पर्यो।

सोधपुछ गर्ने क्रममा संजयको पसलमा ग्राहक जब आउथे तब काकाले रक्सिको नशामा ग्राहक माथि दुर्ब्यबहार गर्थे। काकाको यस्तो ब्यबहार देखि भतिज संजय दुखि थिए। काका बिगत १५ बर्षदेखि आफ्नो श्रीमती र तीन बच्चाबाट छुटिसकेका थिए। उनले आफ्नो भागको पैतृक सम्पति पनि बेचेर खाइसकेको भतिज संजयले बताए ।

संजयले सोनीपतमा केहि सम्पति आफ्नो नाममा खरिद गरेका थिए। उनलाई डर थियो कि उक्त सम्पति कतै काकाले बेचेर त खादैन। त्यहि सोचेर उनले काकालाई मार्ने निर्णय गरे।

उनले काकालाई कतै आफन्त कहाँ जाने बहाना परि आफ्नो गाडीमा राखेर बाटोमा बिजुलीको तारले घाँटीमा कसेर हत्या गरे। हत्या पछि उनले काकाको शवलाई नदिमा फालेको स्वीकार गरे।

प्रतिक्रिया