सावधान ! डिप्रेशनले लिन सक्छ तपाईको ज्यान, वास्‍तुशास्‍त्रका अनुसार डिप्रेशनबाट जोगिन घरबाट हटाउनुहोस् यी ५ चिज

रिता घिसिंग

पिएनपिखबर : घरको माहोल सहि नहुनाले अफिसमा कामको बिषयमा बोसले कराउदा प्राय मानिसहरुले मानसिक समस्याको सामना गर्नुपर्दछ। तनावका कारण मानिसमा हार्ट अट्याकको खतरा बढ्छ। घरमा रहेको केहि वस्तुहरुका कारण घरमा नकारात्मक ऊर्जाले बास पाउछ। यहि कारण मानिसमा मानसिक समस्या देखा पर्न थाल्छ।

वास्तुशास्त्रका अनुसार यदि तपाई मानसिक समस्याबाट छुट्कारा चाहनुहुन्छ भने घरमा नराख्नुहोस् यस्ता चिज :

घरमा नल्याउनुहोस् बाक्लो पर्दा
गर्मियाममा घरना धुलो र घामबाट बचाउन घरको झ्याल-ढोकामा बाक्लो पर्दा किन्ने गरिन्छ। जसकारण घर भित्र नकारात्मक ऊर्जा भरि रहन्छ। त्यसैले गर्मीयाम र जाडोयाममा पर्दा बदल्नुपर्दछ।

खाट मुनि नराख्नुहोस जुत्ता-चप्पल
प्राय हामि खाटमुनि जुत्ता-चप्पल राख्ने गर्छौ। वास्तु शास्त्रका अनुसार यसले घरमा दुर्गन्ध फैलाउनुका साथै व्यक्तिमा मानसिक समस्या पैदा हुन्छ। यसैले खाटमुनि रहेको जुत्ता-चप्पल हटाउनुहोस्।

टुटफुट सामग्री हटाउनुहोस्
घरमा रहेको टुटफुट सामग्री राख्नले व्यक्ति मानसिक अशान्तिका शिकार हुने गर्छन। यदि सम्भव छ भने घरमा रहेको टुटफुट सामग्री हटाउनुहोस्।

ऐना
यदि तपाईको घरको मुख्यद्वारको ठिक अगाडी सिसा छ भने तत्काल हटाईहाल्नुहोस्। वास्तुशास्त्रकाअनुसार यस्ता सामग्री बिमारीको कारण बन्न सक्छ। बिशेषरुपमा त्यस घरको बच्चा धेरै बिरामी हुनसक्छ।

औषधि
यदि तपाईको घरको टेबलमा औषधिले भरिएको छ भने तुरुन्त हटाउनुहोस्। अनावश्यक औषधि घरमा राख्दा घरका सदस्य बिरामी पर्छ।

प्रतिक्रिया