२७ डिसेम्बरमा आउँने भयो ‘गुड न्यूज’, अक्षय कुमारले खुलाए मिति !

मनिषा थापा

पिएनपिखबर : अक्षय कुमारले आफ्नो अप्कमिङ्ग फिल्म ‘गुड न्युज’को मिति सार्वजनिक गरेका छन्। शनिबार एक पोस्ट शेयर गर्दै ट्वीटमा उनले लेखे, ‘नयाँ वर्षको राम्रो शुरुवातको लागि गुड न्युज ! २७ डिसेम्बरमा मिल्नेछ। नयाँ वर्षमा तपाईको लागि गुड न्युज लिएर आउँन लागेको छु।’

राज मेहताको निर्देशनमा बनिरहेको यस फिल्म पहिला १९ जुलाई २०१९मा रिलिज हुने तय भएको थियो। अगस्ट २०१८ मा अक्षय कुमारले यसको अनाउन्स्मेंट पनि ट्विटरको माध्यमबाट बताएका थिए। फिल्ममा करिना कपुर अक्षयको अपोजिटमा देखिनेछिन्। दिलजीत दोसांझ र कियारा आडवाणी को पनि यसमा महत्व पूर्ण रोलमा देखिनेछ।

अक्षय कुमार र करीना कपूर करिब ५ वर्षपछि काम गर्दैछन्। दुवैले अन्तिमपटक ‘गब्बर इज बैक’ (२०१५)को लागि स्क्रिन शेयर गरेका थिए। यसको साथै ‘अजनबी’, ‘तलाश’, ‘बेवफा’, ‘ऐतराज’, ‘टशन’ र ‘कमबख्त इश्क’ जस्ता फिल्ममा सँगै काम गरेका थिए।

हालैमा एक साँझा अन्तर्वार्तामा करीनालाई लिएर उनले भने, ‘हामी जब मिल्छौ तब फिल्मको सेट हुन्छ कि अवार्ड नाइट। हाम्रो इक्वेशन एक जस्तै रहन्छ। हामी एकअर्कालाई निकै मनपराउँछौ।’

करीना अक्षयलाई सबैभन्दा बढी अनुशासित अभिनेता बताउँछिन्। उनी भन्ने गर्छिन, “उनीसङ्ग काम गर्न सधै रमाइलो नै हुन्छ। सबैभन्दा राम्रो पक्ष भनेको उनी समयलाई बर्बाद हुन् दिदैनन्। हामी सेटमा र्यापअप गर्छौ। त्यसपछि सिधा घर गएर तैमुरलाई समाल्ने गर्छु।”

प्रतिक्रिया

सम्बन्धित समाचारहरू