दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका

रिता घिसिंग

ललितपुर, १५ वैशाख : ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि बु्रमर खरीद प्रक्रिया अघि बढाइएको हो ।

ब्रमुर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा बनेको बु्रमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ ।”

महानगरपालिकाले खरीद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताउनुभयो । ललितपुर महानगरपालिकामा अहिले एउटा सानो बु्रमर भए पनि सञ्चालनमा नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामीसँग भएको पुरानो प्रविधिको बु्रमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।” महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।रासस

प्रतिक्रिया