अभिनेत्री कट्रिनाकाे निर्माता बन्ने धोको

मनिषा थापा

एजेन्सी : अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘भारत’ मा कट्रिना कैफले प्रमुख भूमिका निभाएकी छिन्। ‘भारत’ फिल्ममा सलमान खान र कट्रिनाले स्क्रीन शेयर गरेका छन्।

कट्रिनाले चलचित्रको विषयवस्तु विकासमा पनि आफ्नो निकै रुचि रहेको बताएकी छिन् । यो सँगै उनले आफू निर्माता बन्न चाहेको विचार व्यक्त गरेकी छिन्। ‘फिट अप विद द स्टार्स २’ कार्यक्रममा व्यस्त रहेकी कट्रिनाले फिल्म निर्माणलाई लिएर आफू निकै उत्सुक भएको बताएकी हुन्।

आफ्नो भविष्यको योजनाको बारेमा प्रश्न गर्दा कट्रिनाले निर्माता बन्न चाहेको आशय व्यक्त गरेकी थिइन्। साथै उनले अनुष्का शर्मा र दीपिका पादुकोणलाई आफ्नै निजी प्रोडक्शन हाउस बनाएकोमा बधाइ पनि दिएकी छिन्। उनले भनेकी छिन्, ‘विषयवस्तु विकासलाई लिएर म उत्साहित छु र म निर्माता बनेर त्यो जिम्मेवारी लिन चाहन्छु।’

अनुष्का शर्माले आफ्नो प्रोडक्शन हाउसबाट ‘एनएस १०’ र ‘परी’ जस्ता चलचित्र निर्माण गरेकी थिइन् भने दीपिका पादुकाेण पनि चलचित्र ‘छपाक’ लाई सह–निर्माण गर्दैछिन्। कट्रिना यतिखेर रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ लाई लिएर पनि चर्चामा छिन्। यो चलचित्रमा उनको जोडीको रुपमा अक्षय कुमार हुनेछन्। यी दुईले यसअघि ‘वेलकम’, ‘सिं इज किंग’, ‘नमस्ते लण्डन’ जस्ता हिट चलचित्रमा काम गरिसकेका छन्।

प्रतिक्रिया