राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन संयुक्तले अख्तियार घेराउ गर्ने

शर्मिला गुरुङ

काठमाडौँ: राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन संयुक्तले वर्तमान सरकारको विकृति, विसंगति, भ्रष्टाचार र कुशासनको विरुद्ध भोलि दिउँसो सोमवार २ बजे देखि ३ बजेसम्म अख्तियार घेराउ कार्यक्रम गर्ने भएको छ। निर्मला हत्याकाण्ड, ३३ किलो सुन, वाइडवडि जहाज, ललिता निवास प्रकरण लगायतका काण्डमा दोषी उपर कार्वाहि नगरि अख्तियार मौन रहेकोले अख्तियारलाई घेराउ गरि उल्लेखित काण्डहरुको विरुद्धमा ध्यानाकर्षण गराउन १६ गते २ वजे देखि ३ वजे सम्म सो कार्यक्रम राखिएको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संघ संयुक्तका अध्यक्ष धनशुर शाहीले बताउनु भयो।

यस घेराउ कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थि संघ विच संयुक्त रुपमा हुन लागेको कुरा राप्रपा सयुंक्तका संचार समितिका सदस्य जनक राज पाठकाले जानकारी दिनु भयो । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको नेतृत्व राजु लोहनीले गर्नुहुनेछ भने बिद्यार्थी तर्फको नेतृत्व धनशुर शाहीले गर्नु हुने जनाइएको छ । साथै सबै राष्ट्रबादी शक्तिहरुलाई यस घेराउ कार्यक्रममा आउन अपिल पनि गरिएको छ ।

‘गहना पोखरिमा जम्मा भइ प्लेकार्ड सहित नारा जुलुस गर्दै हामी अख्तियार घेराउमा जादैछौ।’ प्रशासनको कस्तो व्यवहार रहन्छ त्यो पछि थप प्रतिक्रिया दिने शाही बताउछन। राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थि संघ संयुक्त राप्रपा संयुक्त को भातृ संगठन हो।

अध्यक्ष शाही थप्छन, ‘दुई तिहाईको सरकार स्थायित्व, शान्ति, सुरक्षा, सुशासन, आर्थिक सामाजिक र राजनीतिक राहत, सेवा सुविधा र सरकारकै भाषाको सुखी नेपाली र समृद्ध नेपालको प्रतिवद्धता पुरा गर्न सफल नहुने प्रष्ट भैसकेको छ । विहानीले दिनको संकेत गर्छ भने जस्तै एक वर्षमा यो सरकारको हविगत र हैसियत देखिइसकेको छ ।’ राप्रपा सयुंक्तले सुशासन र समृद्धका निम्ति गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई सत्तारुढ दलले गाउँ–गाउँमा संगठित संस्थागत भ्रष्टाचार तथा कुशासनमा रुपान्तरण गरिरहेको आरोप समेत लगाउदै आएको छ ।

प्रतिक्रिया