सार्वजनिक जग्गा अतिक्रमणप्रति ध्यानाकर्षण

admin

काठमाडौँ, १५ वैशाख : नेपाल वातावरण पत्रकार समूह(नेफेज)ले सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेफेजले काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेकोे अतिक्रमण र त्यसमाथि उठेका क्रिया प्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरिमा बनाइएको रिसोर्टलगायत अतिक्रममण र दोहन बारेमा ध्यानाकर्षण भएको जनाएको हो ।



नेफेजका अध्यक्ष कसमस विश्वकर्माले आज एक विज्ञप्तिमार्फत कुनै पनि शहरको सौन्दर्य बढाउन खुल्ला ठाउँको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै घना आवादी वरपर रहेको मखुल्लामञ्च जस्ता खाली ठाउँले विगतमा सर्वसाधारणलाई विपद्का बेला आश्रय दिएको थियो र भविष्यमा पनि यसको आवश्यकता रहेको औँल्याउनुभएको छ । “सहरको सौन्दर्य खुल्ला ठाउँको संरक्षणमा लाग्नुपर्ने स्थानीय सरकार, सेनालगायतका निकाय त्यस्ता ठाउँ खोजी खोजी संरचना बनाउने कार्यमा लाग्नु आफैमा दुःखद हो” विज्ञप्तिमा भनिएको छ ।रासस

प्रतिक्रिया