आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

admin

काठमाडौँ, १६ वैशाख :  आईतबारको तुलनामा आज सोमबार विदेशी मुद्राको विनिमयदर यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ३४ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ १२ पैसा रहेको छ। 

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६९ पैसा रहेको छ। 

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६९ रुपैयाँ ६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ९४ पैसा रहेको छ।

अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस् …

प्रतिक्रिया