फिल्म ‘जीरो’ असफल भएपछि केहि सोच्न सकिरहेका छैनन् शाहरुख खान

रिता घिसिंग

एजेन्सी : गत वर्ष रिलीज भएको शाहरुख खानको फिल्म ‘जीरो’ लाई दर्शकले मन पराएनन्। केही दिन अगाडि संचारमाध्यमसँग कुरा गर्दै शाहरुख खानले फिल्म असफल भएपछि आफ्नो आत्मविश्वास गुमेको बताएका छन्। उनले अब कुनै पनि प्रोजेक्टमा काम गर्नु अघि केही समयसम्म अध्ययन गर्ने बताएका छन्।

‘यो पटक केही समय निकालेर फिल्म हेर्छु, किताब पढ्छु र स्क्रिप्ट सुन्छु,’ उनले भने, ‘मेरा बच्चाको कलेज पनि सकिँदैछ। सुहाना अहिलेसम्म कलेजमै अध्ययन गर्दैछिन्। आर्यन यो वर्ष कलेज पास गरेर निस्किँदैछ। म आफ्नो परिवारसँग धेरै समय बिताउन चाहन्छु।’

शाहरुखले अगाडि भने, ‘मैले यसअघि जुनमा नयाँ प्रोजेक्टमा काम गर्ने बताएको थिएँ। तर अहिले मैले नयाँ फिल्म चुन्नै सकिरहेको छैन। म अब त्यतिबेला मात्रै फिल्म बनाउँछु जतिबेला मेरो भित्री आत्माले फिल्म बनाउन भन्छ। मैले अहिलेसम्म कुनै फिल्ममा काम गर्ने सोच बनाएको छैन। मैले फिल्ममा काम गर्न सहमति जनाएपछि त्यसलाई पूर्णरुपमा सफल बनाउन लाग्छु।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू