बलिउडका चर्चित फिल्म निर्देशक रामगोपाल बर्मा प्रहरी हिरासतमा

रिता घिसिंग

एजेन्सी : बलिउडका चर्चित फिल्म निर्देशक रामगोपाल बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्देशक बर्मालाई आन्ध्र प्रदेश प्रहरीले हिरासतमा लिएको उनले आफ्नो सामाजिक संजालबाट जानकारी दिएका छन् । उनको नयाँ फिल्म लक्ष्मीज एनटिआरको प्रेस कन्फेरेन्सका लागि आन्ध्रप्रदेशको विजयवाडा जानेक्रममा उनलाई सो फिल्मका निर्मातासहित प्रहरीले हिरासतमा लिएको बताइएको छ ।

बर्माले बनाएको फिल्म पछिल्लो केहि समयदेखि नै विवादमा रहेको थियो । फिल्म आन्ध्रप्रदेशका पूर्व मुख्यमन्त्री नंदमुरी ताराको जीवनीमा आधारित रहेको बताइएको छ । फिल्मको विवाद अदालतमा समेत पुगिसकेको छ । आन्ध्रप्रदेश हाई कोर्टले फिल्मलाई आन्ध्रप्रदेशमा रिलिज गर्न प्रतिबन्ध लगाएको छ । तेलंगानासहित अन्य ठाउमा प्रदर्शन भइसकेको छ भने आन्ध्र प्रदेशमा मे १ मा रिलिज हुनेक्रममा रहेको छ ।

प्रहरीले भने कानुन व्यवस्था बिग्रिने डरले उनलाई हिरासतमा लिइएको बताएको छ । प्रहरीले बर्मालाई एयरपोर्टमा नै नोटिस दिएको, जसमा दण्ड संहिताको धारा ३० र धारा १४४ अनुसार सार्वजनिक प्रेस कन्फेरेन्स गर्न नपाइने भन्दै हैदरावाद फर्किन भनेको थियो । तर बर्माले फर्किन अस्विकार गरेपछि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

बर्माले भनेआफ्नो आवाजलाई दबाउन आफुलाई गिरफ्तार गरिएको बताउदै आजको प्रेस कन्फेरेन्स रद्ध भएको जानकारी दिएका छन् । उनले होटल बुकिंग गर्दा समेत प्रशासनले फिल्मसँग सम्बन्धित कसैको पनि बुकिंग नलिन निर्देशन दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू