सुनिता थारुको हत्या आरोपमा श्रीमानसहित तीन पक्राउ

शर्मिला गुरुङ

तौलिहवा, १६ वैशाख : कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । प्रक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकमारी दिनुभयोे । रासस

प्रतिक्रिया