‘कटप्पा’ले अब अभिनेत्री ऐश्वर्यासँग जोडी बाध्ने

मनिषा थापा

एजेन्सी : फिल्म ‘बाहुबली’बाट निकै चर्चामा आएका अभिनेता सत्यराजले बलिउड अभिनेत्री ऐश्वर्या रायसँग जोडी बाध्ने भएका छन्।

अभिनेता सत्यराजले फिल्म ‘बाहुबली’मा कट्प्पाको भूमिका निभाएर निकै चर्चा कमाए। यसैक्रममा एक नयाँ खबर बाहिरिएको छ। अभिनेता सत्यराजले मणिरत्नमको निर्देशनमा बन्न लागेका फिल्ममा काम गर्ने भएका छन्।

बाहुबलीका अभिनेता सत्यराज- उनले अभिनेत्री ऐश्वर्या राय सँग जोडी बाध्ने बताइएको छ। अभिनेता सत्यराज र पूर्वविश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायले मणिरत्नमले निर्देशन गर्ने फिल्म ‘पोन्निनी सेल्वम’ मा काम गर्ने भएका हुन्। यस फिल्ममा अभिनेता सत्यराज र अभिनेत्री ऐश्वर्या रायले पतिपत्नीको भूमिका निभाउने बताइएको छ।

एक चर्चित तमिल उपन्यासमा आधारित रहेर बन्ने यस फिल्ममा अमिताभ बच्चन पनि रहने सम्भावना रहेको बताइएको छ। यस फिल्ममा राजकुमारीले राजासँग विवाह गरेर रानी बनेपछि शक्तिको चरम दुरूपयोग गरेको देखाइनेछ। यस फिल्म ठूलो बजेटमा बन्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू