चार शोक प्रस्ताव पारित

admin

काठमाडौँ, १६ वैशाख: प्रतिनिसभाको आजको बैठकले चार शोक प्रस्ताव पारित गरेको छ । बैठकले २०४८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भिक्षु अश्वघोष, २०६४ सालको संविधानसभा सदस्य दिवाकर गोल्छा, २०४८ सालमा गुल्मी जिल्लाबाट निर्वाचित रुद्रमणि शर्मा भण्डारी र रुपन्देहीबाट २०४८ तथा २०५६ मा निर्वाचित रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  बैठकले ती सबै शोक प्रस्ताव बेग्लाबेग्लै पारित गरेको हो ।

बैठकले उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । भिक्षुको ९३ वर्षको उमेरमा गत चैत २२ गते, गोल्छाको ६७ वर्षको उमेरमा चैत २६ गते, भण्डारीको ७२ वर्षको उमेरमा चैत २८ गते तथा ताम्राकारको ७६ वर्षको उमेरमा यही वैशाख १० गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख २० गते शुक्रबार अपराह्न ६ बजे बस्नेछ । रासस

प्रतिक्रिया