शाहरुख खानका छोरासँग फिल्म खेल्न मानिनन् श्रीदेवीकी छोरीले

मनिषा थापा

एजेन्सी : श्रीदेवी र बोनी कपुरकी छोरी खुशी चंकी पाण्डेको भातिजसँग बलिउडमा डेब्यु गर्न चाहेको कुरा व्यक्त गरेकी छिन्।

खासमा उनी नेहा धुपियाको च्याट शो कार्यक्रममा पुगेकी थिइन। यसै कार्यक्रममा उनले आफु बलिउडमा आउन चाहेको बताईन। कार्यक्रममा उनलाई ३ बलिउडका तीन स्टार किड्समा एक जनालाई चुन्नको लागि भनिएको थियो। खुशीले अहान पाण्डेको नाम चुनिन् ।

खुशीले भनिन्, ‘मैले यी तीनमा केवल अहानलाई अभिनय गरेको देखेकी छु, त्यसैले मलाई लाग्छ यही नै सुरक्षित अप्सन हुनेछ।’ बलिउडमा पछिल्लो समय खुशी र आर्यनले एकसाथ फिल्ममा डेब्यु गर्ने हल्ला पनि फिल्ममा चलेको थियो । तर, खुशीले भने आर्यनलाई चुनिनन् ।

उनले थपिन, ‘मान्छेले मेरो बारेमा कुरा गरिरहेका हुन्छन्। उनीहरु चाहन्छन् कि म पनि बलिउडमा डेब्यु गरुँ, यो मलाई रमाइलो लाग्छ, यस्तो सुन्दा मजा आउँछ ।’ शो की होस्ट नेहा धुपियाले खुशीलाई तीन अप्सन दिँदै सोधिन् कि, उनी कोसँग फिल्ममा डेब्यु गर्न चाहन्छिन् – शाहरुख खानका छोरा आर्यन खान, चंकी पाण्डेका छोरा अहान पाण्डे या जावेद जाफरीका छोरा मिजान जाफरी ?

खुशीले भनिन्, ‘म छिट्टै बलिउडमा डेब्यु गर्दैछु, पहिलो फिल्म करण जोहरसँगै गर्न चाहन्छु, तर मलाई थाहाँ छ, मेरो हिरो को हुने भन्नेमा बुबाले नै निर्णय गर्नुहुनेछ, उहाँले मेरो करिअरलाई लिएर निकै ख्याल गर्नुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू