सुमीको एक हजार अभियानले बन्ने भयो सानुमाया महराको यस्तो घर (भिडियो)

मनिषा थापा

पिएनपीखबर, भक्तपुर : मोरङ जिल्ला मित्लाजुङ गाउँपालिका ६ कि देवीमाया महरालाई डोरीले बाधेर राखिएको ३० वर्ष भन्दा बढी भइसकेको छ। उनको आमा सानुमाया महराको भनाई अनुसार रेखदेख गर्ने मान्छेको अभावमा उनलाई यसरी बाधेर राखिएको हो।

सानुमायाको दर्दनाक पिडा सुनेर र देखेर हामी पिएनपिमिडिया टिम उनको घरसम्म पुगेका थियौ। सानुमायाको जीवन कथा अनि देविमयाको पीडादायी दैनिकी देख्दा उनलाई त्यस्तै अवस्थामा छोड्न हामो मनले मानेन। काठमाडौँ आएपछि पनि मोरङकी सानुमायाको कहालीलाग्दो जीवनकथा झल्झली याद आइरहयो। उनको झुप्रो घर, दुइजना अबोध नातिनातिना अनि डोरीले बाधेर राख्नु पर्ने देवीमायालाई दिनरात नभनी गर्नुपर्ने स्याहारसुसार, बिहान खाए बेलुका के खाने भन्ने पिर उनको मलिन अनुहारमा प्रस्ट देखिन्थ्यो।

हामीले काठमाडौँमा देवीमायालाई लान्छौ तपाइको छोरीको उपचार र राम्रो ख्याल हुन्छ भनेर प्रस्ताव राख्दा बुढेसकालमा छोरीलाई नपठाउने भन्दै उनले प्रस्ताव अस्विकार गरेकी थिइन्। आफूले दु:ख सुख गरेर हुर्काएको छोरी काठमाडौँ लगेपछि के गर्ने हो कस्तो हुने हो भनेर उनि सायद डराइन् क्यारे उनले छोरीलाई पठाउन मानिनन्।

उनी पनि एक्लो फेरी छोरी काठमाडौँ पठाउँदा उनको शाहारा पनि कोहि नहुने भएकोले उनले छोरीलाई काठमाडौँ पठाउन मानिनन्। बच्चा बेला देखि स्याहरेकी छोरी उनको बुढेसकालको एकमात्र साहारा हुन्। उनी चाहे स्वस्थ्य हुन् वा अस्वस्थ्य सन्तान आखिर सन्तान नै हो। छोरी बिना उनको मन नरमाउने भनेपछि उनी सहित छोरीलाई काठमाडौँ आउन आग्रह गर्यौ।

आफ्नो जन्मेको थलो पुर्खा देखि बसेको ठाउ चटक्क छोडेर आउन कसलाई पो मन हुन्छ र। आज सम्म दुखसुख जसोतसो बसेको आफ्नो कर्मथलो उनले छोड्न मानिनन्। त्यसैले हामीले उनलाई उनकै स्थानीय ठाउँमा सानै भए पनि टाउको लुकाउने घर बनाइदिने निर्णयका साथ एक अभियान शुरु गर्यौ।

घर निर्माणको लागि १ हजार अभियान शुरु भयो। आफ्नो भएको सानो झुपडी पनि हात्तीले भत्काइदिएपछी दुइजना नाबालक नातिहरु र ३८ बर्षिया मनोरोगी छोरीको मुख हेरेर बाचिरहेकी ७८ वर्षिय सानुमायाको घर निर्माणको लागि मानव कल्याण समाज भक्तपुरको अध्यक्ष सुमीले अभियान शुरु गरेकी हुन्।

एक हजार अभियान शुरु भएको केहि समय पछि रकम जम्मा भए पश्चात हामी पिएनपीमिडियाटिम रकम हस्तानतरण गर्न पुगेका थियौ। घर निर्माण गर्नको लागि उठको जम्मा ४२ हजार रकम बन कार्यालयका अध्यक्ष यम बहादुर गजमेरको उपस्तिथीमा पत्रकार मनोज खड्काले सानुमायालाई हस्तान्तरण गरेका हुन्।

देश विदेशका मनकारी दाजुभाई दिदिबहिनीको पहिला आएको ५ लाख रकमले घर निर्माणको कार्य थालनी गरिएको हो। यसको साथै सामुदायिक वनबाट निशुल्क काठ पनि सहयोग गरेको छ।

क्यान्सर जस्तो प्राणघातक रोगको कारण श्रीमान गुमाएकी सानुमायाको कान्छो छोराले आफ्नै घरको दलिनमा झुण्डिएर आत्महत्या गरेका थिए। सानुमायाले ३८ बर्षिय मनोरोगी छोरी देविमायालाई समेत घरको भित्तामा टेको लगाएर बाधिएको डोरीमा बानेर राख्ने गरेकी छिन ।

उनको घर पुग्दा देविमाया पहिलाको जस्तै अहिले पनि डोरीले बधिएकै थिइन्। घरको भित्तामा टेको लगाएर बाधिएको डोरी सुर्केनो पारिएको थियो। सानुमाया आफै ८५ वर्ष कि भैसकिन। अब यो उमेरमा उनलाई उनको सन्तानले स्याहार्नु पर्ने बेला उनले नै आफ्नो सन्तानलाई स्याहार्नु पर्ने भएको छ। उनको पिडामा मलम लगाउन पुगेका हामीले उनको हातमा घर निर्माणको लागि अभियानबाट उठेको रकम थमाइदियौ।

जीवन एक अर्काको जस्तो होइन एक अर्काको लागि हुनुपर्छ। मानव सेवा नै ठुलो धर्म हो । सानुमाया महराको घर निर्माणको लागि सुरु भएको १ हजार अभियानमा तपाइहरु पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिन सक्नुहुन्छ। तपाईहरु पनि सानुमाया र देवीमायाको पिडामा मलम लगाउन चाहनुहुन्छ भने आफ्नो सहयोगी हात अगाडी बढाउन सक्नुहुन्छ।

सहयोगको लागि सम्पर्क: मानव कल्याण समाज भक्तपुर : ९८४५६३७०३७, पिएनपिमिडिया प्रा.लि.: ९८५१०१८०६३

हेर्नुहोस भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचारहरू