जापानी राजाले आज गद्दि त्याग्दै

रिता घिसिंग

जापान : जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा मङ्गलवार बिहान सुरु भयो। मूल समारोह भने जापानी समयानुसार अपराह्ण पाँच बजे सुरु हुनेछ र त्यो १० मिनेट लामो हुने बताइएको छ।

तीन सय ३० जना व्यक्तिहरू उपस्थित सो कार्यक्रममा आकिहितोले सम्राटका रूपन अन्तिम भाषा गर्नेछन्। दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्न लागेका हुन्।

पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए। आकिहितो मध्यरातसम्म सम्राट नै रहनेछन्।

बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्। टोक्योस्थित राजदरबारमा हुने एकदमै प्रतीकात्मक तर साधारण समारोह टेलिभिजनबाट प्रसारण हुनेछ।

किन त्यागे गद्दी?
आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्ष अघि नै बताएका थिए। “मेरो स्वास्थस्थिति बिस्तारै खस्कँदै गएको विचार गर्दा मैले राज्यको प्रतीकको रूपमा गर्नुपर्ने कर्तव्य निर्वाह गर्न मलाई कठिन भइरहेकोमा म चिन्तित छु,” उनले त्यतिखेर भनेका थिए।

सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुनेछन्।

जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए। त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन पारित गरेको थियो।

को हुन् नारुहितो?
सम्राट आकिहितोले गद्दीत्याग गरेपछि उनका छोरा नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन्। उनी गद्दीनसीन भएपछि जापान ‘राइवा’ युगमा प्रवेश गर्नेछ र सन् १९८९ देखि सुरु भएको सम्राट आकिहितोको शासनकालको ‘हाइसाई’ युगको अन्त्य हुनेछ।

उनन्साठी वर्षीय नारुहितो २८ वर्षको उमेरमै युवराज घोषित भएका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयमा पढेका छन्। सन् १९८६ मा एक भोजका बेला उनले युवराज्ञी मासाकोलाई भेटेका थिए। उनीहरूको विवाह सन् १९९३ मा भयो।

शाही दम्पतीको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्मिइन्। तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिँदैन। त्यसैले उनकी काका राजकुमार फुमिहितो अबको उत्तराधिकारी हुनेछन्। नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन्। त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन्।बीबीसी

प्रतिक्रिया