सौतेनी आमालाई करणी गर्ने युवक पक्राउ

admin

जनकपुरधाम, १७ वैशाख :  धनुषामा सौतेनी आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बिहारी नगरपालिका ५ मा २८ वर्षकी महिलालाई करणी गरेको आरोपमा २५ वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन् ।

महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया