आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर दीपाले सार्वजनिक गरिन “आमा”[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, १८ वैशाख  : मातातीर्थ औशी आर्थात आमाको मुख हेर्ने दिन नजिकिदै गर्दा आमाको महत्व र योगदानको चर्चा गरिएको गीत बजारमा भित्रिन थालेका छन् ।

यस्तैमा गायिका दीपा पन्तले पनि ‘आमा’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा दीपालाई गायक भुषण खतिवडाले स्वरमा साथ दिएका छन् ।

पदम बहादर निरौलाको शब्द, भुषण खतिवडाकै संगीत रहेको गीत कभर भर्सनको भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा पनि गायक खतिवडा र गायिका पन्त नै देखिएका छन् ।

बस्नेतको छायाँकन रहेको भिडियोमा राजकुमारले सम्पादन गरेका हुन् । गीतमा निकै मार्मिक शब्दहरु प्रयोग भएका छन् ।
‘हामीलाई यो संसार देखाउने आमाको स्थान हाम्रो जीवनमा सबैभन्दा माथी हुन्छ’ दीपाले भनिन् ‘आमको महत्व बुझाउन गीत ल्याएकी हुँ ।’ गीत निकै राम्रो बनेकोले सबैको रोजाइमा पर्ने उनले सुनाइन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया