बंगालको चक्रबात नेपाल भित्रिने खतरा !

admin

काठमाडौं, १८ बैशाख :  बंगालको खाडीको दक्षिण पूर्वीबाट आएको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपाल भित्रिने संभावना बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शुक्रबारपछि नेपालका पूर्वी  भूभागमा चक्रवात ‘फानी’  आउन सक्ने सम्भावना रहेको छ ।

विभागले बुधबार (आज) विशेष मौसम अपडेट जारी गर्दै शुक्रबार अपराह्नपछि चक्रवात नेपालका पूर्वी  भूभाग नजिक हुँदै उत्तरपूर्व जाने जनाएको छ । तत्काललाई चक्रवात नेपाल तर्फ आउने सम्भावना निकै काम भएपनि पूर्वी र मध्यका स्थानहरुमा हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया