सावित्री सुवेदीको अचम्मको इच्छा : वीर्य भाडामा लिएर आमा बन्ने

admin

काठमाडौं, १८ बैशाख : कंचनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग राख्दै पेटिकोट लगाएर प्रदर्शन गरेपछि चर्चामा आएकी सावित्री सुवेदीले आफु ३५ वर्ष पुगेपछि विवाह नगरी आमा बन्ने बताएकी छन् ।

आफुलाई महिला अधिकारकर्मी ठान्ने सुबेदीले आफु नेपालकै पहिलो “सिंगल मदर” बन्ने इच्छा रहेको बताएकी हुन् । जय नारीको नारा बोकेर नारी सशक्तिकरण र नारी न्यायको लागि लड्दै आएकी सुवेदीले एक अन्तर्वार्तामा बोल्ने क्रममा आफू ३० वर्ष पुगेको र ३५ वर्ष सम्ममा “सिंगल मदर” बन्ने बताएकी हुन् ।

कसैको विर्य भाडामा लिएर अथवा कसैसँग सहवास बसेर विवाह नगरी सन्तान जन्माउने इच्छा रहेको सुवेदीले उक्त अन्तर्वार्ताको क्रममा खुलासा गरेकी हुन् ।विवाह नगरी आमा बनेपछि फेरी आफ्नो बच्चाको हकको लागि लड्ने पनि सुवेदीले बताइन् ।

उनले आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागि लडीरहने पनि बताएकी छन् । एक मिडियालाई दिएको अन्तर्वार्ताको क्रममा पत्रकार गंगा लामामाथि आक्रोस पनि पोखेकी छिन् ।

प्रतिक्रिया