काङ्ग्रेस मजदूरको पार्टी : नेता भण्डारी

admin

दमौली, १८ वैशाख :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले काङ्ग्रेस मजदूरको पार्टी भएको बताउनुभएको छ । एक सय ३० आँै अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले मजदूरको हकहित सुनिश्चित गर्नका लागि पार्टी सधैँ क्रियाशील रहेको बताउनुभयो ।

उहाँले मजदूरको हकहित सुनिश्चित गर्नका लागि काङ्ग्रेसको अगुवाइमा टे«ड युनियनको स्थापना गरी मजदूरलाई एकताबद्ध बनाउने कार्यको थालनी भएको दाबी गर्नुभयो । नेता भण्डारीले टे«ड युनियनमा आबद्ध हुँदै मजदूर पार्टीको लक्ष्यप्रति अझ प्रतिबद्ध बन्नुपर्नेमा जोड दिनुभयो । बिपी कोइरालाको अवधारणाले अहिले मजदूरलाई सङ्गठित बनाउँदै उनीहरुको हकहितका लागि सहज वातावरण निर्माण गरेको नेता भण्डारीले बताउनुभयो । बिपी कोइरालाले परिकल्पना गरेको अवधारणाले नेपालको अर्थतन्त्रलाई मजबुद बनाएर सार्थक तुल्याएको उहाँको भनाइ थियो । 

संविधानसभाका  पूर्वसदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, नेपाली काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, ट्रेड युनियन काङ्ग्रेस तनहँुका सभापति सूर्यचन्द्र हड्खलेलगायतले मजदूरको हकहितका लागि काङ्ग्रेसले मात्रै भूमिका खेल्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया