चिकित्सक संघका उपाध्यक्ष डा. दाहालको निधन

admin

काठमाडौँ, १८ वैशाख : नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको बुधबार निधन

भएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. दाहालको बुधवार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।  विपि स्मृति अस्पताल बसुन्धरामा उपचारका क्रममा उनको निधन भएको थियो। उनको असामयिक निधनले मर्माहत भएको नेपाल चिकित्सक संघले जनाएको छ।

 

डा. दाहाल नेपाल सरकारको १० औं तहका वरिष्ठ अर्थोपेडिक सर्जन थिए। उनी विगत केही समयदेखि बिरामी भइ असक्त थिए। उनको निधनले  चिकित्सा पेशाका एक इमान्दार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन पुगेको नेपाल चिकित्सक संघले जनाएको छ। 

संघका महासचिव डा. लोचन कार्कीले इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सक एवं संघका उपाध्यक्षलाई गुमाउन पुगेको बताए। दहालको मृत्यु शोकमा संघको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरु बैशाख १९ गते एक दिनका लागि बन्द गरिने भएको छ। 

 

प्रतिक्रिया