काठमाडौँ, १८ वैशाख : काठमाडौँ उपत्यकामा बुधबार हावाहुरीसहित वर्षा सुरु भएको छ । बेलुका ६ बजेदेखि उपत्यकाका तीनै जिल्लामा हावाहुरी, वर्षासहित चट्याङ परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभावका कारण पानी परेको हो ।
यो चक्रवात ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको र शुक्रबारबाट ओडीसा आसपास तिर मोडिने देखिएको विभागले जनाएको छ ।