झुण्डिएको अवस्थामा फेला परे शेर्पा

admin

काठमाडौँ, वैशाख १९: काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । गौशाला नजिकै बाटोकाे छेउमा रहेको पिपलको बोटमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको गौशाला प्रहरीले जानकारी दिएको छ । बिहान सात बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बतायो ।

घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्या या आत्महत्या के हो भन्ने स्पष्ट नभएको जनाइएको छ ।

 

प्रतिक्रिया