काठमाडौँको मैजुबहालस्थित पिपलको रुखमा झुण्डिएको अवस्थामा एक शव फेला

रिता घिसिंग

काठमाडौं : काठमाडौं महानगरपालिका- ७, मैजुबहालस्थित एक पिपलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान मैजुबहाल चोककाे पश्चिममा रहेकाे एक पिपलको रुखको हाँगामा काेही झुण्डिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

फाइल फोटो

लगत्तै घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गर्दा साे शव काठमाडाैँकै बाैद्धमा बस्ने आङदेवा शेर्पाकाे रहेकाे खुलेकाे हाे । मृतक शेर्पाकाे उमेर अन्दाजी ३५-४० वर्ष रहेकाे र उनकाे स्थायी घर भने खोटाङमा रहेकाे प्रहरीले जनाएकाे छ ।

शवकाे पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएकाे छ । शेर्पा जमिननजिकै झुण्डिएकाे अवस्थामा फेला परेकाे र हत्या भएकाे हो कि आत्महत्या हो भन्ने बारे पाेस्टमार्टम रिपाेर्टपछि मात्र यकिन गर्न सकिने जनाइएकाे छ ।

प्रतिक्रिया