काठमाडौँ : बुधबार युवती जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका-४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको हो ।

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। बेहुली लिएर फर्किने क्रममा १७-१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले बताएको छ।
घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ।