एक साथमा देखिदै क्याट्रिना र विक्की कौशल

रिता घिसिंग

एजेन्सी : अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशल दुवै बलिउडका चर्चित कलाकारको नाम हो । अहिलेसम्म यो जोडी कुनै पनि फिल्ममा सँगै देखिन पाएका छैनन् । रिपोर्टका अनुसार यो जोडी चाँडै पर्दामा देख्न पाइनेछ । यो जोडीलाई एक लभ स्टोरीमा देखाइनेछ ।

रिपोर्टका अनुसार यस लभ स्टोरीलाई निर्माता रानी स्क्रुवालाले बनाउनेछन् । च्याट शो कफी विद करणमा अभिनेत्री क्याट्रिनाले कुराकानी गर्ने क्रममा अभिनेता विक्की कौशलसँग काम गर्ने इच्छा ब्यक्त गरेकी थिइन् । किनभने क्याट्रिनालाई पर्दामा विक्की कौशलसँगको आफ्नो जोडी राम्रो लाग्ने बताएकी छन् ।

त्यसोत, अभिनेता विक्की पनि क्याट्रिनासँग काम गर्न आतुर छन् । हिलेसम्ममा विक्कीले मनमर्जिया, सञ्जु र राजी लगाएतका हिट फिल्ममा काम गरिसकेका छन् । उनको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ले बक्स अफिसमा धमाका नै मच्चाएको थियो ।

अहिले उनी सरदार उद्यम सिंह फिल्मको सुटिङको लागि रसिया पुगेका छन् । अर्कोतर्फ अभिनेत्री क्याट्रिना कैफ भने पुनः सलमान खानसँग भारत फिल्म मार्फत दर्शकमाझ प्रस्तुत हुँदैछन् । यो फिल्म जुन ५ बाट रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू