खानेपानी मन्त्रालय : प्रदेश नं १ र २ मा रु ५९ करोड बेरुजु

admin

विराटनगर, १९ वैशाख: सङ्घीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ सम्ममा रु ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजु रहेको छ । खानेपानी मन्त्रलय काठमाडाँै र सङ्घीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुशासन प्रवद्र्धन तथा बेरुजु व्यवस्थापन विषयक तीनदिने कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको हो ।

उक्त मन्त्रालयअन्तर्गतका मुलुकभरिका कार्यालयमा रु १० अर्बभन्दा बढी बेरुजु रहेको पनि कार्यशालामा बताइएको थियो । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेले कर्मचारी स्थायी सरकार भएकाले बेरुजु फछ्र्योट गरी सुशासन कायम गरेमा सही अर्थमा सङ्घीयता कार्यान्वयन भई मुलुकमा समृद्ध कायम हुने बताउनुभयो ।प्रदेश नं १ का कोष नियन्त्रक कृष्णप्रसाद पोखरेल, सङ्घीय खानेपानी तथा ढल व्यवस्थान आयोजना प्रमुख चक्रपाणि शर्मा, उपसचिव विष्णुप्रसाद ज्ञवाली भएको बेरुजु फछ्र्योट गर्न र सुशासन प्रवद्र्धन गर्न कर्मचारीले सचेत भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ का १४ जिल्लामा खानेपानी मन्त्रालय अन्तर्गतका कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ सम्ममा रु २९ करोड ९९ लाख ८२ हजार १८६ बेरुजु रहेको छ भने फिक्कल नगर आयोजना र साना शहरी इटहरी कार्यालयको रु १३ करोड ३१ लाख ९६ हजार १५६ गरी जम्मा जम्मा रु ४३ करोड ११ लाख ७८ हजार ३४२ बेरुजु रहेको उपलब्ध तथ्याङ्कमा जनाइएको छ ।

यसैगरी प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा रु १४ करोड ५९ लाख ११ हजार ७३४ छ भने साना शहरीतर्फ बर्दिवास महोत्तरी, निजगढ बारातर्फ रु ९२ लाख ७३ हजार ६२९ गरी जम्मा बेरुजु रु १५ करोड ५१ लाख ८४ हजार ३६४ बेरुजु छ । कार्यशाला गोष्ठीमा सङ्घीय र प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुख र लेखा प्रमुखको सहभागिता थियो । गोष्ठीमा सुशासन प्रवद्र्धन, सङ्घीय संरचनामा बजेट तथा कार्यक्रम तर्जुमा, उजुरी, गुनासो व्यस्थापन, सूचनाको हकसम्बन्धी अनुशिक्षण, बेरुजु व्यवस्था र कार्यालय व्यवस्थापन तथा निर्देशन आदि विषयमा प्रशिक्षण दिन कार्यक्रमको उद्देश्य रहेको छ ।

अपाङ्गता भएकालाई सहयोग:शारीरिक अपाङ्गता भएका परिवारलाई विराटनगरका समाजसेवी बाबुराम दाहालले आर्थिक सहयोग गर्नुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं २ स्थित तामाङ चोकको बस्ने लक्ष्मण तामाङ र मनमाया तामाङका चारै सन्तान शारीरिकरुपमा आपाङ्गता छन् । विराटनगर– ५ चाँदनी चोक निवासी समाजसेवी दाहालले आज तामाङको घरमै पुगेर रु ११ हजार प्रदान गर्नुभयो ।

उहाँले तामाङ परिवारको पीडाबारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार पढेपछि आफूलाइ सहयोग गर्ने इच्छा जागेको दाता दाहालले बताउनुभयो । उहाँ भावुक हँुदै भन्नुभयो, “आँखा नदेख्ने र बोल्नसमेत नसक्ने चार सन्तानको हेरचाह गर्न बाबुआमालाई कति गाह्रो हुन्छ होला । तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा सन्दीप पूर्ण अपाङ््गता भएका छन् । १४ देखि २८ वर्षसम्मका उहाँहरु कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरोबाहेक कोही पनि बोल्नसमेत सक्दैनन्, उठेर हिँड्न र बस्न पनि सक्दैनन् ।

उहाँहरुलाई इटहरी उपमहानगरपालिकाले पूर्ण अपाङ्गता भएको रातो कार्ड दिएको छ । रातो कार्ड पाएपछि उहाँहरुले मासिक रु दुई हजार रकम पाउने प्रावधान छ । सात वर्षसम्म तन्दुरुस्त देखिएका उहाँहरुमा विस्तारै आँखा नेदेख्ने समस्या देखिएको आमा नरमायाले बताउनुभयो । आँखाको समस्या बढ्दै गएपछि उहाँहरुको शरीर पनि ल¥याकलुरुक हँुदै बोलीसमेत बन्द भयो । अहिले उनीहरु सबै ओछ्यानमा थला परेका छन् । सकेसम्म र जानेसम्म उपचार गरायौँ तर ठीक भएन आमा मनमायाले बताउनुभयो । सबैलाई नुहाउने, धुवाउने, खुवाउने र सरफाइमा अहोरात्र खट्नुपर्छ । आमा मनमाया भन्नुहुन्छ, “रातभर सुत्न पनि पाइँदैन, पालोपालो रेखदेख गर्छौं ।” रासस

प्रतिक्रिया