कलेजमा बुर्का लगाउन ‘प्रतिबन्ध’

admin

भारतको केरला अन्तर्गतको मुस्लीम शिक्षा समाज (एमइएस)ले मातहतका क्याम्पसहरुमा बुर्काको प्रयोगमा प्रतिबन्ध लगाएको छ । समाजको तर्फबाट परिपत्र जारी गर्दै कुनै पनि कलेजमा मुस्लीम महिला तथा छात्राहरुलाई बुर्का लगाउन नदिन आग्रह गरिएको छ । आफ्नो औपचारिक मुखपत्र ‘सामना’ मार्फत भारतको हिन्दूवादी पार्टी शिव सेनाले बुर्का हटाउन माग गरेको भोलिपल्ट मुस्लीम शिक्षा समाजको यस्तो निर्णय आएको हो ।

केही दिन अगाडि श्रीलङ्कामा भएको आक्रमणको घटनापछि श्रीलङ्कमा सुरक्षालाई मध्यनजर गर्दैै बुर्का प्रतिबन्ध लगाइएको थियो । त्यसैको आधारमा भारतमा पनि बुर्का प्रतिवन्ध लगाउन उनीहरुले माग गरेका हुन् ।

‘सामना’ले रावणको लङ्कामा त्यस्तो घटना भएकाले रामको अयोध्यामा पनि त्यस्तै घटना हुनसक्ने भन्दै सतर्क हुन आग्रह गर्नुपरेको उल्लेख गरेको छ ।आउँदो बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री मोदीलाई पनि सो पत्रिकाले बुर्का प्रतिबन्ध लगाउन ध्यानकर्षण गराएको थियो ।भारतको गणतन्त्र पार्टीले भने बुर्का देशको सांस्कृतिक पाटो भएकाले त्यसलाई प्रतिवन्ध लगाउन नमिल्ने तर्क गरेको छ ।

प्रतिक्रिया