सप्तरी, १९ वैशाख : सप्तरीमा माटोको ढिस्कोले पुरिएर आज सुनसरीका एक युवकको मृत्यु भएको छ । राजविराज नगरपालिका– ७ को हाट बजारस्थित निर्माणाधीन भवनस्थलमा फाउण्डेशनका लागि खनिएको खाल्डोमा खसेर माटोले पुरिँदा सुनसरी भोक्राहा गाउँपालिका शिवगञ्ज बस्ने २८ वर्षीय अरसद अलीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएर छातीमा र पिँठ्यूमा गम्भीर चोट लागी घाइते अलीको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । शव धरानस्थित प्रतिष्ठानमा परीक्षणका लागि लगिएको छ । रासस