आफ्नै होटलमा बसेका भारतियले अपहरण गरेर लगेको शालिग्रामलाई गुडिरहेको गाडीको ढोकाबाट यसरी फाल्दिए [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, २० वैशाख : पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेलको अपहरणमा परेको केही समयमै उद्धार भएको छ । बैदाम प्रहरीले अपहरणमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ ।

पौडेललाई अपहरण गर्ने भारतीय विहार बनारपुरका ३९ वर्षीय सुनिल कुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय पक्राउ गरिएको डिएसपी कोमल शाहले जानकारी दिए ।

वडा प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर विजय भण्डारीको नेतृत्वको टोलीले उनीहरुलाई स्याङ्जाको फेदीखोलाबाट बुधबार बिहान पक्राउ गरेको हो । डिएसपी शाहका अनुसार अपहरणमा परेको जानकारी पाउनसाथ स्याङ्जा प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई फेदीखोलामा रोकिएको थियो । अपहरणकारी र उनीहरुले प्रयोग गरेको बी आर १ सी डब्लू ५२७४ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर धर्म केसीले जानकारी दिए ।

अपहरणमा परेका पौडेलको अहिले पोखराको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ । एक अनलाईन मिडियाले सालिग्राम पौडेलसँग घटनाको बारेमा केहि कुराकानी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया