टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

रिता घिसिंग

काठमाडौं: आईसीसी विश्व बरियतामा १४औं स्थानमा रहेको नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मे ३ देखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११औं स्थानमा पुगेको हो । नेपालले २१२ पोइन्ट पाएर ११औं स्थान ओगट्न सफल भएको हो।

नेपालभन्दा पछि दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १३औं स्थानमा कायम रहँदा अर्को टेष्ट नेशन राष्ट्र आयरल्यान्ड टी-२० क्रिकेटको विश्व बरियतामा १५औं स्थानमा छ । टी-२० बरियतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा भने दक्षिण अफ्रिका, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौमा भारत रहेका छन् ।

त्यसैगरी छैटौमा न्युजिल्यान्ड, सातौमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १०औंमा बंगलादेश छन् ।

प्रतिक्रिया