पिएनपीखबर, भक्तपुर: परिस्थितिले मानिसलाई कहिले उच्च हिमालका चुचुराहरुमा सवार गराउँछ त कहिले तराईका फाँटहरुमा बेलगाम दौडाउँछ। सडक मानव आफै रहरले सडकमा पुगेका हुँदैनन्। केहि बाध्यता, केहि पारिवारिक माहोलका कारण मानिस सडकमा बेवारिसे जीवन जिउन बाध्य हुन्छन्। त्यस्ता अप्ठेरोमा परेर छरिएर बसेकालाई एक परिवार बनाई पुनर्मिलन गराउन पछिल्लो समय भक्तपुर स्थित मानव समाज कल्याणले महत्वपूर्ण भूमिका खेलिरहेको छ।
मानव कल्याण समाज भक्तपुरको पहिलो वार्षिक उत्सवको अवसरमा गरिएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत हिजो बिहिबार जिल्ला भरिको सडक मानव अबलोकन तथा उद्दार कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाको उपमेयर अञ्जना देवी माधिकर्मी सहित मानव कल्याण समाजकि अध्यक्ष सुमित्रा चौलागाई र सचिव विजय थापा साथै थुप्रै समाजसेवी र समाजसेवाको भावना भएका युवाहरु सहभागी भएका थिए। उक्त अभियानमा मध्य राति सम्म सडकमा अवलोकन गरिएको थियो।
आफु अहिले सम्म सडक मानवको उद्दारको लागि यसरि सडक अवलोकन नगरेको बताउदै उपमेयरले आगामी दिनम अब चाहि सहभागी हुने निर्णय समेत गर्नुभयो। सडकमा कसैले पनि जीवन जिउन नपरोस भनेर आफ्नो ठाउँमा पनि एक मिलन संस्था खोलेको तर खाइ उपलब्धिमुलक नभएको भन्दै उपमेयारले चित्त दुखाउनु भयो। यसरि सडकमा अबलोकन गर्दा उहाँलाई खुसि लागेको उहाँको भनाई छ।
जनप्रतिनिधिलाई यस्ता सडक मानव उद्दार कार्यक्रममा खासै चासो भएको देखिदैन यद्दपि महिला भएर पनि मध्यपुर ठिमी नगरपालिकाको उपमेयर अञ्जना देवी माधिकर्मी आफै सडकमा मध्यराति समाजसेवाको लागि निस्किदा अन्य समाजसेवाको भावना भएका युवा पनि हौसिएका छन्।
आगामी दिनमा पनि यसरि नै मानव कल्याण समाजको साथमा सडक मानवको उद्दारको लागि आफु खट्ने उपमेयरले बताउनु भएको छ। उक्त रातमा चुनदेवी, चंगा गणेश मन्दिर, सल्लाघारी, सृजनानगर, सिद्धि काली मन्दिरमा रातिको १ बजे सम्म अवलोकन गरिएको थियो। अबलोकनको समयमा खाना, छाना र नानाको अभावमा सडकमा जीवन जिउन बाध्य भएका सडक मानवलाई खानेकुरा पनि वितरण गरिएको थियो।
जन्म र मृत्यु हाम्रो हातमा छैन तर यसको बिचमा कसरी बाच्ने त्यो त हाम्रै हातमा छ नि होइन र ?? त्यसैले आउनुहोस खुलेर बाचौ, सेवामा रमाउ !! जत्ती खुशी दिनुमा छ नि ! त्यत्ती खुशी लिनुमा कहिलै हुन्न । तपाई पनि मानव कल्याण समाजको वार्षिक उत्शभमा सहभागी भएर सडक मानवको सेवा गर्न चाहनुहुन्छ भने हातेमालो गर्नसक्नुहुन्छ। सेवा र सहकार्यको लागि: ९८४५६३७०३७
बाँकी हेर्नुहोस् भिडियोमा :