पिएनपिखबर : यो संसारमा आमालाई माया नगर्ने कुन चाँही सन्तान होलान र। सन्तानलाई माया नगर्ने पनि कुन चाहि आमा होलिन। त्यसैले त आज मातातिर्थ औँसीको दिन सामाजिक संजालका भित्ताभरी आमाको तस्बिरको साथमा ममताले भरिएको क्याप्शन देख्न पाइयो।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर आज देशभर मातातिर्थ औँसी मनाइँदैछ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुगेका छन् । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् । आमा नभएको व्यक्तिहरुले पनि आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न पशुपतिमा आजको दिन ठुलो भिड लाग्ने गर्छ।
यस्तै पैसा भएर मात्र समाज सेवा गर्छन भन्ने भनाईलाई अहिलेका युवाहरुले चिर्दै गईरहेका छन्। वर्तमान समयमा थोरै थोरै पैसासङ्कलन गरेर पनि समाजसेवा गरिरहेको समाजसेवीहरु पनि छन् जसले दुखि, बेसहारा रहेका व्यक्तिहरुको मुहारमा आशाको किरण ल्याउने गर्छ। मातातिर्थको अबसरमा पत्रकार मनोज खड्का, नायिका आशिका तामाङ् र समाजसेवी मिरा केसी पशुपति सडक पेटीमा मागेर बसिरहेका धेरै आमाहरुलाई भेट्न पुगे। पत्रकारिताबाट १०, १५ हाजारको जागिर खाने मनोज खड्का आफ्नो काम व्यस्तताले गरेर टाढा रहेको आमालाई भेट्न जान पाएनन। टाढा रहेको आमालाई सम्झिदै उनले पशुपतिमा रहेका आमाहरुलाई आफ्नै हातबाट मिठाई खुवाए। उनले धेरै आमाको आशिर्वाद लिनुको साथै आफ्नो आमाको न्यास्रो मेटाए।
त्यस्तै नायिका आशिका तामाङको कुरा गर्ने हो भने उनी सधै हसिलो देखिन्छिन। उनलाई हेर्दा लाग्छ अरुलाई दुखि देख्न नसक्ने आशिकाको जीवनमा कुनै कुराको कमी छैन होला। तर त्यस्तो भने पक्कै हैन। उनी मात्र दुई वर्षको हुँदा उनको आमाले छाडेर गईन। आफ्नो आमाको छवि समेत् नदेखेकी आशिकाले आजको दिनमा पशुपतिमा रहेका थुप्रैआमाहरुलाई खाना देखि लत्ताकपडा वितरण गरेकी छिन्। यसरी उनले धेरै आमाको मुख हेरेर आफ्नो आमालाई सम्झिन । उनी भन्छिन,मलाई आफ्नो आमा कहाँ जानु भयो थाहाँ छैन। आफ्नो बेपत्ता भएको आमा भेटियोस भन्ने लाग्छ। मैले आमा गुमाए पनि यहाँ आएर धेरै आमाहरुको माया पाएको छु। नायिका तथा समाजसेवी आशिका तामाङ पछिल्ला दिनहरुमा सामाजिक कार्यमा निकै सक्रिय पनि छिन्। पशुपतिमा पनि उनी आमाहरुलाई भेटघाट गर्नुको साथै वरपर देखिएको फोहोर पनि व्यवस्थापन गर्दै गरेको देखिईन।
सधै दुखी, बेसाहारा, पिडितहरुलाई उत्थान गर्न सहयोग अभियान चलाउदै आईरहेकी समाजसेवी मिरा केसी हरेक बर्ष माता तिर्थ औसीमा सडक पेटिकामा बसेका आमाहरुलाई लत्ताकपडा, खानेकुरा वितरण गर्दै आएकी छिन्। उनी भन्छिन, ”मलाई घरको आमासँग भन्दा पनि बाहिर यसरी दुख गरेर सडकपेटिकामा रहेका आमाहरुलाई भेट्दा धेरै खुसी लाग्छ। एकदिन भए पनि यस्ता बेशाहरा आमाहरुलाई हामी पनि तपाईको सन्तान हौ भनेर महसुश गराउन हामी बर्षको एकदिन कार्यक्रम गर्ने गर्छौ।”
हेर्नुहोस भिडियो :