सात वर्षका बाबुकाे ३५ पटक हाड भाँचियाे ! पटक-पटक हाड भाँचिने कस्ताे राेग ?[हेर्नुहोस भिडियो]

शर्मिला गुरुङ

पोखरा, २२ वैशाख : रोग लाग्नु कुनै अपराध होइन । रोग र रोगीलाई लुकाएर राख्नु, उपचार नगर्नु, नगराउनु अपराध हो । संसारमा धेरै रोग यस्ता छन् जसको ओखती खाएर, शल्यक्रिया गरेर वा सुई लगाएर पनि रोग निको हुँदैन, तर पनि रोगीहरुको लागि लामो जीवन बाँच्ने विभिन्न प्रकारका औषधी तथा उपकरणको आविस्कार भने भइरहेको पाइन्छ ।

यस्तै प्रकार रोग हो ओस्टियोजेनेसिस इम्पेर्फेक्टा (Osteogenesis Imperfecta) छोटकरीमा ओआइ (OI) । यो रोग लागेका बिरामीको हाड साह्रै कमजोर हुन्छ । सानो तिनो चोट पटकले पनि शरिरका हाडहरु भाँचिने हुन्छ । बिशेष गरी यो रोग बंशाणुगतको कारणबाट सर्ने हुन्छ । आमा गर्भवती भएदेखि नै बच्चामा यो रोग हुने गर्दछ । तर कहिले काँही बच्चा अली ठूलो भएपछि हाडहरु भाचिन सुरु गर्दछ ।

कहिले काँही आमाको गर्भ मै पनि बच्चाको हाड भचिएको हुन्छ । यो रोगका ८ वटा प्रकारहरु छन् । यि नै ८ प्रकार मध्ये कुनै साह्रै जटिल हुन्छन् । जटिल प्रकारको रोग भएकाहरुलाई काँही बचाउन पनि गाह्रो हुन सक्छ ।

यो रोगको बारेमा जनचेतना फैलाउने अभिप्रायले अंग्रेजी महिना मेको ६ तारिकका दिन संसारभर यो रोग बारे विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने गरिन्छ।
यस्तै रोगका कारण ७ वर्षको उमेरमा ३५ पटक हाड भाचिएको एउटा सानो अमिनेश लामिछानेसँग एक अनलाईन मिडियाले गरेको कुराकानी
हेर्नुहोस भिडियो :

प्रतिक्रिया